नेपाल ‘ए’ ले आसाम क्रिकेट टिमलाई हरायो

रातोघर

 २०८२ भाद्र १३, शुक्रबार  मा प्रकाशित
२०८ पाठक संख्या


काठमाडौं । भारतको गुवाहाटीमा जारी टि-२० श्रृंखलामा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसन टिमलाई पराजित गरेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १७३ रन बनाउँदै प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो । जवाफी ब्याटिङमा आसाम टिम १५.२ ओभरमै ७७ रनमा अलआउट भएको छ ।

नेपालको जितमा स्पिनर युवराज खत्रीको प्रदर्शन विशेष प्रभावशाली रह्यो । उनले ३.२ ओभरमा मात्र १५ रन खर्च गर्दै ४ विकेट लिएर टिमको जित सुनिश्चित गरे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban