“सफल महिला सहकारी अभियन्ता” विधामा कोपिला सिम्खडा सम्मानित

रातोघर

 २०८२ भाद्र १४, शनिबार  मा प्रकाशित
२६५ पाठक संख्या


सिमरा । बिरगंज उद्योग वाणिज्य संघको आयोजनामा बीरगंजमा सम्पन्न बृहत महिला सम्मेलन–२०८२ मा घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष कोपिला सिम्खडा “सफल महिला सहकारी अभियन्ता” विधामा सम्मानित हुनुभएको छ ।

सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहका बीच सिम्खडालाई सम्मानपत्र र सम्मान प्रदान गर्नुभएको थियो । सहकारी प्रगति, महिलाको आर्थिक सबलीकरण, नारी सशक्तीकरण तथा समाज रुपान्तरणमा सिम्खडाले पु¥याउनुभएको योगदान उच्च मूल्यांकन गर्दै उहाँलाई सम्मान गरिएको हो ।

सम्मान पत्रमा भनिएको छः
“तपाईले आफ्नो व्यावसायिक जीवनमा आएका अनेकौं आरोह–अवरोह, सङ्घर्ष र परिस्थितिजन्य जटिलतालाई निर्भिकतापूर्वक समाधान गरी आफ्नो क्षेत्रमा प्राप्त गर्नुभएको सफलता अन्य महिलाहरूका लागि समेत अनुकरणीय रहेको छ । यहाँको अटुट एवम् अविच्छिन्न मिहिनेत, दूरदर्शिता, धैर्य एवम् कार्यकुशलताको उच्च मूल्याङ्कन गर्दै ‘नारी शक्ति, समर्पण र सम्मान’ भन्ने मूल अभीष्टका साथ ‘बृहत महिला सम्मेलन २०८२’ को अवसरमा यो सम्मानपत्र प्रदान गर्दछौं । यहाँको सु–स्वास्थ्य एवम् सफल व्यावसायिक जीवनको मङ्गलमय कामना गर्दछौं।”

यस अवसरमा संघका पदाधिकारी, विभिन्न महिला नेतृ तथा सहकारी क्षेत्रमा सक्रिय अभियन्ताहरूको उपस्थिति रहेको थियो । उपस्थित वक्ताहरूले सिम्खडाको समर्पित योगदानले सहकारी आन्दोलनलाई सशक्त बनाउन मद्दत गरेको भन्दै बधाई व्यक्त गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban