बृहत महिला सम्मेलन–२०८२ मा सञ्चारकर्मी लक्ष्मी खरेल सम्मानित

रातोघर

 २०८२ भाद्र १४, शनिबार  मा प्रकाशित
२३५ पाठक संख्या


बारा । बिरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित बृहत महिला सम्मेलन–२०८२ मा “नारी शक्ति, समर्पण र सम्मान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सञ्चारकर्मी लक्ष्मी खरेललाई सम्मान गरिएको छ ।

सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान प्राप्त गरेकी खरेल नेपाल टेलिभिजनकी पर्सा संवाददाता हुनुका साथै कुशल कार्यक्रम प्रस्तोता समेत हुन् । लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएकी उनले देशका प्रधानमन्त्री तथा बिशिष्ट ब्यक्तित्व सहभागी भएको महत्वपूर्ण कार्यक्रमहरू संचालन गर्ने अवसर पाइसकेकी छिन् ।

सञ्चारकर्मीको भूमिकाबाहेक खरेलले व्यक्तित्व विकास, क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा प्रशिक्षकका रूपमा समेत योगदान दिँदै आएकी छिन् । साथै उनी सामाजिक संघ–संस्था तथा विविध सामाजिक गतिविधिहरूमा आवद्ध भई समाजसेवामा समेत सक्रिय रहिआएकी छन् ।

सम्मान कार्यक्रममा वक्ताहरूले खरेलको पत्रकारिता, प्रस्तुतीकरण र सामाजिक योगदानलाई प्रशंसनीय ठहर गर्दै आगामी दिनमा अझ सफलताका साथ अघि बढ्ने शुभकामना व्यक्त गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban