एससिओ शिखर सम्मेलनका लागि चीन पुगेका प्रधानमन्त्री ओलीले चाउ एनलाई स्मृति सङ्ग्रहालय अवलोकन

रातोघर

 २०८२ भाद्र १५, आईतबार  मा प्रकाशित
१४५ पाठक संख्या


थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन्।

चिनियाँ क्रान्तिका नेता तथा पूर्वप्रधानमन्त्री चाउ एनलाईलाई समर्पित उक्त स्मृति सङ्ग्रहालयको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं सांसद पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली र नेपालका लागि चीनका राजदूत छन सङलगायत उपस्थित थिए।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गते एससिओ शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban