चीनसँगको उच्चस्तरीय भेटवार्तामा नेपालद्वारा ‘एक–चीन नीति’ पुनः पुष्टि, ‘ताइवान स्वतन्त्रता’ अस्वीकार

रातोघर

 २०८२ भाद्र १५, आईतबार  मा प्रकाशित
१६१ पाठक संख्या


काठमाडौं । राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको द्विपक्षीय भेटवार्तापछि चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको विस्तृत वक्तव्यमा नेपालले ‘ताइवान स्वतन्त्रता’ अस्वीकार गर्ने र चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ लाई समर्थन गर्ने अडानलाई विशेष प्राथमिकताका साथ समेटिएको छ।

वक्तव्यअनुसार प्रधानमन्त्री ओलीले नेपाल एक–चीन नीतिप्रति अटल प्रतिबद्ध रहेको प्रष्ट पारेका छन्। उनले नेपालले ताइवान स्वतन्त्रता समर्थन नगर्ने मात्र नभई कुनै पनि शक्ति वा समूहलाई नेपाली भूभाग प्रयोग गरी चीनविरुद्ध गतिविधि गर्न नदिने दृढ अडान व्यक्त गरेका छन्।चिनियाँ वक्तव्यमा भनिएको छ, प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धले समय–समयमा विभिन्न चुनौतीहरू पार गरेर अझ मजबुत बनेको उल्लेख गर्दै सम्बन्ध परस्पर विश्वास र सम्मानमा आधारित रहेको बताएका छन्।

यसैगरी प्रधानमन्त्री ओलीले चीनका ग्लोबल डेभलपमेन्ट इनिसियटिभ, ग्लोबल सेक्युरिटी इनिसियटिभ र ग्लोबल सिभिलाइजेशन इनिसियटिभ प्रति समर्थन प्रकट गरेको उल्लेख वक्तव्यमा गरिएको छ।

त्यस क्रममा राष्ट्रपति सीले नेपाल–चीनलाई हिमाल र नदीले मात्र जोडेको नभई, ७० वर्षभन्दा लामो ऐतिहासिक मित्रताले बाँधिएको राष्ट्र भन्दै दुई देशले सुख–दुःखमा साथ दिँदै सम्बन्धको नयाँ अध्याय लेखिरहेको बताए। उनले नेपाल–चीनबीचको बेल्ट एन्ड रोड इनिसियटिभ (BRI) सहकार्य स्थिर रूपमा अघि बढिरहेको उल्लेख गरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban