रुपन्देही–३ उपनिर्वाचन : रास्वपाका आकांक्षी नख्खु कारागारमा सभापति रवि लामिछानेलाई भेटे

रातोघर

 २०८२ भाद्र १५, आईतबार  मा प्रकाशित
१९४ पाठक संख्या


 काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारी दिन इच्छुक **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**का आकांक्षीहरू पार्टी सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका छन्।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई केही समयअघि मात्र भैरहवाबाट नख्खु कारागार सारिएको हो। आकांक्षीहरूले पार्टीले उम्मेदवार घोषणा गर्नु अघि सभापतिलाई भेटेर सल्लाह–सुझाव लिएको स्रोतले बताएको छ।रास्वपाले आजै सचिवालय बैठक बसेर आकांक्षीहरूमध्येबाट एक जनालाई उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। रुपन्देही–३ बाट उम्मेदवार बन्न ७ देखि २१ साउनसम्म आवेदन माग्दा ९ जनाले आवेदन दिएका थिए।

छनोटमा परेका आकांक्षीहरूमा—

  • केन्द्रीय सदस्य कुसुम महर्जन

  • क्षेत्रीय सभापति मधु अर्याल

  • अमेरिकाबाट फर्किएका सुलभ खरेल

  • पार्थिवेन्द्र उपाध्याय

  • डा. लेखजंग थापा

  • ज्ञानु पौडेल

  • जीतबहादुर गुप्ता (कोटहीमाई)

  • रचना क्षेत्री

  • पुनम कुमारी अग्रवाल रहेका छन्।

रुपन्देही–३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने कार्यक्रम तय गरेको हो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban