धरान उपमहानगरको बजेट एमालेको बहिष्कारबीच अल्पमतमा अनुमोदित

रातोघर

 २०८२ भाद्र १५, आईतबार  मा प्रकाशित
१९५ पाठक संख्या


विराटनगर। धरान उपमहानगरपालिकाको बजेट एमालेको बहिष्कारबीच कार्यपालिकामा अल्पमतबाट अनुमोदन गरिएको मेयर हर्क साम्पाङले दाबी गरेका छन्। संवैधानिक रूपमा असार १० गतेसम्म बजेट पेश गर्नुपर्ने भए पनि आन्तरिक विवादका कारण यो २ महिना ढिला भएको थियो।

बैठकमा एमालेका नगर कार्यदल प्रमुख अनुप देवान र धरान–१० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्दै पाँच बुँदे जानकारी पत्र बुझाएर बैठक बहिष्कार गरेका थिए। एमालेका १५ जना सदस्य बाहिरिएपछि मेयर, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस, माओवादी र राप्रपाका वडाध्यक्ष गरी ११ जनाको उपस्थितिमा बजेट अनुमोदनको निर्णय गरिएको हो।

एमालेका प्रतिनिधिहरूले प्रस्तुत बजेट घाटा बजेट भएको र कर दर अत्यधिक वृद्धि गरिएको भन्दै असहमति जनाएका छन्। सांसद दलकी प्रमुख सावित्री परियारले राजश्व परामर्श समितिले सिफारिस गरेको सीमा १ अर्ब ६० करोड हुँदाहुँदै स्रोत अनुमान र सिलिङ समितिले २ अर्ब २० करोडको बजेट प्रस्ताव गरेको भन्दै विरोध जनाइन्। धरान–१३ का अध्यक्ष नेत्र काफ्लेले सामान्य विद्यालय स्वीकृतिका लागि शुल्क अत्यधिक वृद्धि गरिएको उदाहरणसमेत प्रस्तुत गर्दै बजेट अस्वीकारयोग्य भएको बताए।

उपमेयर बेघाले अब सिलिङ अनुसार बजेट ब्रेकडाउन गरेर अर्को कार्यपालिका बैठकमा पेश गरी नगरसभाबाट पारित गर्ने प्रक्रिया अघि बढाउने बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban