सिमरा–पथलैया सडक खण्डमा दुई मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु एक घाइते

रातोघर

 २०८२ भाद्र १५, आईतबार  मा प्रकाशित
५०७ पाठक संख्या


सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ पानिट्याङ्की नजिक दुई मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । दिउसो करिब १ बजे सिमरा–पथलैया सडक खण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोकिंदा तीनजना गम्भीर घाइते भएका थिए । घाईतेहरुलाई इलाका प्रहरी कार्यालय सिमरा बाराले उद्दार गरी अस्पताल पठाएको थियो ।

बा.प्र. ०६–००३ प १७५३ नं.को मोटरसाइकलमा सवारीसप्तरी, बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित गम्भीर घाइते भएका थिए । उनको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो । एल.एस. न्युरो अस्पताल परवानिपुरमा उपचारको क्रममा २ः३७ बजेको उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सोही दुर्घटनामा बा.९० प.६७९४ नम्बरको मोटरसाइकलमा सवार रौतहट, गुजरा गाउँपालिका–७ परसवाका २५ वर्षीय रोशन चौधरीको कलैया प्रादेशिक अस्पतालमा उपचारको क्रममा ३ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै,सोही मोटरसाइकलमा पछाडि सवार देवल चौधरीका छोरा बर्ष ३४ को भुपेन्द्र चौधरीको दाहिने हात र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । उनको परवानिपुरस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरि रहेको प्रहरी जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban