थियानजिनमा प्रधानमन्त्री ओलीद्वारा एससिओ प्लस शिखर सम्मेलन सम्बोधन

रातोघर

 २०८२ भाद्र १६, सोमबार  मा प्रकाशित
१३६ पाठक संख्या


थियानजिन, चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन् ।

चीनका राष्ट्रपति सी चिनफिङको विशेष मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि पाँच दिने चीन भ्रमणमा छन् । भ्रमणकै क्रममा उनी एससिओ प्लस शिखर सम्मेलनमा सहभागी भएका हुन् ।

सम्मेलनमा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले क्रमशः सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस अवसरमा प्रधानमन्त्री ओलीले क्षेत्रीय सहयोग, आपसी समझदारी र साझेदारीको महत्त्वबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने जनाइएको छ ।

यस्तै, प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता पनि गरिरहेका छन् । आजै उनले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, तथा लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban