पूर्वराष्ट्रपति भण्डारीबारे फरक मतलाई छलफलमा लैजान उपाध्यक्ष पाण्डेको माग

रातोघर

 २०८२ भाद्र १६, सोमबार  मा प्रकाशित
१९८ पाठक संख्या


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे पार्टीभित्र उठेको फरक मतलाई छलफलको विषय बनाउनुपर्ने माग गर्दै निवेदन दिएको बताएका छन्। सेन्टर फर पब्लिक पोलिसि रिसर्चले राजधानीमा आयोजना गरेको ‘एमालेमा आन्तरिक लोकतन्त्र’ अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यो विषय विधान महाधिवेशनसम्म लैजाने तयारी रहेको जानकारी दिए।

पाण्डेले फरक विचारलाई महाधिवेशनका प्रस्तावमा समेटिएन भने औपचारिक रूपमा विमति लेखिने चेतावनीसमेत दिए। उनले भने, “कोही व्यक्तिलाई पार्टीमा काम गर्न संविधानले निषेध गरेको छैन। सदस्य हुन कसैलाई रोक्न मिल्दैन, तर अध्यक्ष बन्ने कुरा अलग हो।”

उनले पार्टीभित्र भइरहेको बहसलाई फुटको कारणको रूपमा प्रचार गरिएको भन्दै अस्वीकार गरे। उनका अनुसार, “यो लडाइँ केही तीतो बन्न सक्छ, केही समय लाग्न सक्छ, तर अन्ततः निष्कर्षमा पुग्छ भन्नेमा हामी दृढ छौँ। मूल्य र मान्यताभित्र बसेर बहसलाई टुंग्याइन्छ।”

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban