पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यतामा रोक नलगाउन पाण्डेको भनाइ

रातोघर

 २०८२ भाद्र १६, सोमबार  मा प्रकाशित
१७८ पाठक संख्या


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधानले कोही पनि व्यक्तिलाई पार्टी सदस्य हुन रोक नगरेको भन्दै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पनि कुनै पार्टीमा सदस्य हुन रोक्न नहुने स्पष्ट पारेका छन्।

सोमबार ‘एमालेमा आन्तरिक लोकतन्त्र’ अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले भने, “संविधानले तीन अवस्था मात्रै उल्लेख गरेको छ—निर्वाचित, मनोनीत वा नियुक्त पद राष्ट्रपति भएपछि स्वतः छोड्नु पर्ने। यसबाहेक अरू कुनै रोक छैन। सदस्य भएर अध्यक्ष भइहाल्ने होइन, तर सदस्य हुन रोक्न पनि पाइँदैन। यो प्रजातान्त्रिक अधिकारको उल्लङ्घन हुनेछ।”

पाण्डेले यस विषयलाई आगामी विधान महाधिवेशनमा उठाइने जानकारी दिएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban