

कलैया । नेपाल शिक्षक महासंघअन्तर्गतका शिक्षक संघ संगठनहरूले सरकार र महासंघबीच भएको सहमति कार्यान्वयन गर्न माग गर्दै बारामा शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन्।
महासंघको केन्द्रीय कार्यक्रमअनुसार आईतबार दिउँसो १ बजेदेखि ३ बजेसम्म आयोजना गरिएको धर्नामा दुई सयभन्दा बढी शिक्षक सहभागी थिए। शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीको नेतृत्वमा शिक्षकहरूले सरकारले ल्याएको शिक्षा बिधेयक संशोधन गरी पारित गर्नुपर्ने माग राखेका छन्।
नेपाल शिक्षक महासंघले देशभरका शिक्षक संघ संगठनलाई चरणबद्ध आन्दोलनमा उत्राउने योजना बनाएको छ र यसअन्तर्गत शिक्षा सुधार र सहमति कार्यान्वयनमा जोड दिइने छ।





Write your Comment