बेइजिङमा विजय दिवसको ८०औँ वार्षिकोत्सवमा भव्य सैन्य परेड

रातोघर

 २०८२ भाद्र १८, बुधबार  मा प्रकाशित
२१० पाठक संख्या


काठमाडौं । जापानी अतिक्रमणविरुद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव चीनले बेइजिङमा भव्य रूपमा मनाएको छ। यस अवसरमा विशाल सैन्य परेड आयोजना गरिएको हो।

चीनको राजधानी पैचिङस्थित थ्येनआनमन चोकमा सम्पन्न उक्त समारोहलाई चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनफिङले सम्बोधन गरेका थिए। उनले युद्धमा प्राण गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति र विकासको मार्गमा चीन निरन्तर अघि बढ्ने बताए।

राष्ट्रपति सीले सेनाको औपचारिक निरीक्षण पनि गरेका थिए। परेडमा आधुनिक युद्धकला, हतियार र सैनिक अनुशासनको प्रदर्शन गरिएको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban