

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज अपराह्न ३ बजे केन्द्रीय सचिवालय बैठक बस्दैछ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने तय भएको छ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ।
बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको फरक मतबारे पनि छलफल हुने भएको छ। महासचिव शंकर पोखरेलले उनीहरूको असहमति पार्टी प्रतिवेदनमा नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयसँग मात्र सम्बन्धित भएको स्पष्ट पारेका छन्।





Write your Comment