

काठमाडौं । सञ्चार मन्त्रालयले सूचीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले निर्णय गरेलगत्तै मन्त्रालयले सूचना जारी गरेको हो।
मन्त्रालयले दिएको सूचनामा भनिएको छ, “समय सीमाभित्र सूचीकरणका लागि सम्पर्क नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेपछि सोही समयदेखि पुनः सक्रिय गराउन निर्देशन दिइएको छ।”





Write your Comment