नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु

रातोघर

 २०८२ भाद्र २०, शुक्रबार  मा प्रकाशित
१४५ पाठक संख्या


काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनमा २,०२६ प्रतिनिधि र ३१५ आयोजकसहित २,३४१ जनाको सहभागिता रहनेछ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ नारा तय गरिएको महाधिवेशनमा उद्घाटन कार्यक्रम डिजिटल प्रविधिबाट भएको छ। स्थलमा स्वागतद्वार, नेताहरूका पूर्णकद तस्बिर, झाँकी र कलात्मक प्रदर्शनी सजिएका छन्।

महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव पोखरेलको प्रतिवेदनसहित निर्वाचन, लेखा र अनुशासन आयोगका प्रतिवेदनमा छलफल गर्नेछ। भोलि नौ समूहमा छलफल भएपछि पर्सी प्रतिवेदन प्रस्तुत र अध्यक्ष ओलीको समापन सम्बोधनसँगै महाधिवेशन सकिनेछ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban