

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि राजनीतिक दल स्वयं गलत नहुने तर दलभित्र आबद्ध व्यक्तिहरूको व्यवहारले मात्र गल्ती हुने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र आन्तरिक शुद्धीकरणको आवश्यकता रहेको जोड दिए। उनका अनुसार, “व्यक्तिले गरेको गल्तीको जिम्मा उसैले लिनुपर्छ, पार्टीले होइन।”
थापाले नेपाली कांग्रेसको स्थापनाकालदेखि नै यो पार्टी राष्ट्रिय स्तरको भएकाले यसको मूल विचार आज पनि सान्दर्भिक रहेको बताए। उनले विशेषगरी बिपी कोइरालाको सिद्धान्तलाई वर्तमान राजनीतिमा उतिकै महत्वपूर्ण भन्दै नेताहरूले त्यसैअनुसार काम गर्नुपर्ने धारणा राखे।
उनले थपे, कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्नेछ। सत्ता टिकाइराख्ने या चुनावमा हार्ने भयका कारण गठबन्धन गरेर अरूको चुनाव चिह्न प्रयोग गर्ने प्रवृत्तिबाट बाहिर निस्किनुपर्ने उनले चेतावनी दिए।





Write your Comment