व्यवसायी दुर्गा प्रसाईँ ‘जेन जी’ आन्दोलनमा सहभागी हुने, सरकारलाई चेतावनी

रातोघर

 २०८२ भाद्र २२, आईतबार  मा प्रकाशित
१३० पाठक संख्या


काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा हुने स्वतःस्फूर्त आन्दोलन ‘जेन जी’ मा सहभागी हुने घोषणा गरेका छन्। उनले सरकारलाई चेतावनी दिँदै भोलिको आन्दोलनमा चैत १५ गतेजस्तो दमन नहोस् भनेको बताएका छन्।

राजावादी अभियन्ता प्रसाईँले तीन वर्षअघि उठाएको आवाज आज फेसबुक, टिकटक र अन्य सञ्चार माध्यमले दोहोर्‍याएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, “२२ रुपियाँको भुक्के चप्पल लगाएर सिंहदरबार प्रवेश गरेका नेताहरूका छोराछोरी आज करोडौँको घडी, लाखौँको जुत्ता-चस्मा र ४० लाख मूल्य पर्ने लुइभ्यान झोला बोकेर हिँडिरहेका छन्। म भ्रष्टाचारको प्रमाणसहित आवाज उठाउँदा कारागार पुगेको थिएँ। राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे, तर आज सत्यको पक्षमा जनचेतना जाग्दै गएको छ। यसमा म धेरै खुसी छु।”

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban