

काठमाडौं । राजधानीमा जारी जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
आन्दोलन अनियन्त्रित बनेपछि प्रहरीले गोली चलाएको हो । गोली लागेका एक प्रदर्शनकारीलाई घाइते अवस्थामा सिभिल अस्पताल पुर्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर छ । त्यस्तै, अन्य केही घाइतेलाई पनि उपचारका लागि विभिन्न अस्पताल लगिएको छ ।





Write your Comment