“गोलीले शरीर रोक्यो, तर देशप्रतिको मोह रोकेन”

रातोघर

 २०८२ भाद्र २४, मंगलबार  मा प्रकाशित
१८९ पाठक संख्या


काठमाडौं । आफ्ना पीडा र संघर्षका बीच पनि देशप्रतिको मोह त्याग्न नसकेका एक नेपाली युवाको भावनात्मक अभिव्यक्ति मन छुने बनेको छ ।

‘मैले दु:ख पोखें, अनुनय गरें, कसैले सुनेन । म छटपटाएँ, कसैले महसुस गरेन । म रोएँ, कराएँ, कसैले बुझेन । तर आज म मारिएँ, सबै चुक्चुकाए,’ भन्दै उनले आफ्नो जीवनयात्रा र नियतिबारे खोलमखोल पोखेका छन् ।

विदेशी भूमिमा पसिना बगाएर, आफ्नो पेट पाल्दै, देशको गर्जो टार्दै आएको भन्दै उनले कहिल्यै सरकारले अवसर नदिएको गुनासो गरेका छन् । “मैले सरकारलाई कहिल्यै जागिर मागिनँ, हरेक दिन सम्झौता गर्दै बाँचिरहेँ तर कहिल्यै गुनासो गरिनँ,” उनले भनेका छन् ।

वाकस्वतन्त्रताको माग गर्दा गोली खाएको पीडा पोख्दै उनी भन्छन्, “देशमा वातावरण बनाउन नसक्ने सरकारले अभावमा बाँचिरहेको मबाट संकलन गरेको करकै भरमा किनिएको बन्दुकको गोली म माथि चलायो, र म मारिएँ ।”

देशलाई हसाउन खोज्दा आमालाई रुवाउनुपरेको उल्लेख गर्दै उनले अन्तिम सन्देशमा आमालाई सम्हालिन आग्रह गरेका छन् । “म हेरिरहेको छु तपाईँलाई र यो देशलाई । अब तपाईँले यो देशका सबै छोरालाई आफ्नै छोरा सम्झनुहोस्,” उनले भनेका छन् ।देशका लागि आफ्ना बलिदान व्यर्थ नजाने प्रकट गर्दै उनले चेतावनीसमेत दिएका छन् — “युवालाई सिध्याएर देशको भविष्य जोगाउन खोज्नु भनेको देशलाई सिध्याउनु हो । तर यो देशको अन्त्य हुनेछैन । देश अमर रहोस् !”

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban