काठमाडौँ उपत्यकामा जनजीवन क्रमशः सामान्य

रातोघर

 २०८२ भाद्र २५, बुधबार  मा प्रकाशित
७६६ पाठक संख्या


काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन भएपछि यहाँ शान्तिसुरक्षा कायम हुँदै गएको हो। सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ।

ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक स्थलहरूसहित व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ गरिएका छन्। अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर गर्न सेनाले पुनः आग्रह गरेको छ।

हाल उपत्यकाका सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिन्छ। तर मानिस र सवारीसाधनको उपस्थितिमा कमी छ। सार्वजनिक र निजी सम्पत्तिमा प्रदर्शनकारीले लगाएको आगो निभाउन सुरक्षाकर्मी सक्रिय देखिएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban