बौद्धस्थित भाटभटेनीमा आगलागीपछि ४ वटा शव फेला

रातोघर

 २०८२ भाद्र २९, आईतबार  मा प्रकाशित
१८१ पाठक संख्या


काठमाडौं । बौद्धमा रहेको भाटभटेनी सुपर स्टोरभित्र ४ वटा शव फेला परेका छन् । प्रहरीका अनुसार शनिबार बेलुकी डढेको अवस्थामा शव भेटिएका हुन् ।

सबै मृतक पुरुष रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । आगलागीका कारण शवको पहिचान खुल्न सकेको छैन ।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

जेन जी आन्दोलनका क्रममा भाटभटेनीसहित देशभरका विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban