सरकारद्वारा Gen Z आन्दोलनका मृतकलाई सहिद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति

रातोघर

 २०८२ भाद्र २९, आईतबार  मा प्रकाशित
३२२ पाठक संख्या


काठमाडौं । नेपाल सरकारले Gen Z आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले शनिबार मृतकका परिवारलाई आर्थिक सहयोगस्वरूप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको हो ।

सरकारका अनुसार आन्दोलनका क्रममा ज्यान गुमाउने सबैलाई सहिदको सम्मान दिने र परिवारलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति वितरण गर्ने तयारी भइरहेको छ ।

आन्दोलनका क्रममा विभिन्न ठाउँमा ज्यान गुमाएका व्यक्तिहरुको तथ्यांक संकलन गर्ने काम अन्तिम चरणमा पुगेको र त्यसपछि राहत रकम वितरण प्रक्रिया सुरु हुने बताइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban