अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारबाट पदभार ग्रहण

रातोघर

 २०८२ भाद्र २९, आईतबार  मा प्रकाशित
१६५ पाठक संख्या


काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गरेकी छन् । प्रधानमन्त्री कार्यालय त्यही भवनमै स्थापना गरी उनलाई पदभार ग्रहण गराइएको हो ।

पदभार ग्रहणका क्रममा मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले कार्कीलाई स्वागत गरेका थिए ।

पदभार सम्हाल्नुअघि कार्कीले शहीदप्रति माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

जेन जी आन्दोलनको बलमा कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban