

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहणपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्न थालेकी छन् ।
मंगलबार बालुवाटारस्थित निवासमा भएको आगजनीका क्रममा बाहिरी भागमा क्षति पुगे पनि मूल भवन सुरक्षित रहेकाले त्यहीँ बस्न थालेको मुख्यसचिव एकनारायण अर्यालले नेपाल प्रेससँग जानकारी दिए ।
उनका अनुसार प्रदर्शनकारीले गाडीमा आगजनी र केही भवनमा तोडफोड गरे पनि प्रधानमन्त्री बस्ने मुख्य भवनमा क्षति पुगेको छैन ।
यसअघि प्रधानमन्त्री कार्कीले निजी निवासमै बस्ने संकेत गरेकी थिइन् । तर, सुरक्षा व्यवस्था र सुरक्षाकर्मी व्यवस्थापनमा समस्या हुने भएकाले अन्ततः सरकारी निवास बालुवाटारमै बसाइँसराइ गर्नुपर्ने भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।





Write your Comment