

काठमाडौं । बारबरा फाउन्डेसनले जेनजी आन्दोलनसँग आफ्नो संस्थाको नाम जोडेर भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले हामी नेपाल नामक संस्थासँग सम्बन्धबारे अनर्गल प्रचार भइरहेको स्पष्ट पारेको हो ।
फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले कोभिड महामारीका बेला मात्रै हामी नेपाल सँग सहकार्य गरिएको भए पनि हाल सो संस्था वा पदाधिकारीसँग कुनै आर्थिक सम्बन्ध नरहेको बताए । उनले आन्दोलनका लागि आर्थिक सहयोग गरिएको भन्ने कुरा असत्य भएको दाबी गर्दै नागरिकलाई मूल मुद्दाबाट भड्काउने उद्देश्यले फाउन्डेसनको चरित्र हत्या नगर्न आग्रह गरे ।
उनका अनुसार गत एक वर्षदेखि हामी नेपाल सँग कुनै कार्यक्रममै सहकार्य नभएको स्पष्ट प्रमाण छ ।पत्रकार सम्मेलनमा फाउन्डेसनले आफ्नो वित्तीय विवरणसमेत सार्वजनिक गरेको छ । फाउन्डेसनका अनुसार विगत ८ वर्षमा ब्याज आम्दानीलगायत गरी करिब ७ करोड ८२ लाख रुपैयाँ प्राप्त भएको र हाल करिब ३ करोड ९५ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको जानकारी गराइएको छ ।





Write your Comment