संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न सचिवालयको आग्रह

रातोघर

 २०८२ भाद्र ३०, सोमबार  मा प्रकाशित
१३४ पाठक संख्या


काठमाडौं । जेनजी आन्दोलनका क्रममा संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयले आग्रह गरेको छ ।

भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा अराजक समूहले नयाँ बानेश्वरस्थित संसद भवन छिरेर आगजनी, तोडफोड तथा लुटपाट गरेको थियो ।

सचिवालयले आज सार्वजनिक सूचना जारी गर्दै सो क्रममा भवनका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्सचर, स्पिकर, फोटोकपी मेसिन र अन्य विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिहरूले लगेको जनाएको छ ।

सचिवालयले ती सामान आफूसँग भए फिर्ता गर्न, वा सामान रहेको स्थान तथा व्यक्तिको नाम–ठेगाना जानकारी गराई सहयोग गर्न आग्रह गरेको छ । त्यस्तै, लुटेर लगिएको सामानबारे भिडियो प्रमाण भए उपलब्ध गराउन पनि भनिएको छ ।

सचिवालयले सूचनादाताको नाम गोप्य राखिने उल्लेख गर्दै प्रमाणसहित सहयोग गर्न सम्पूर्णलाई आह्वान गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban