

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहका बीच उनलाई शपथ गराएका हुन् । घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
‘उज्यालो नेपाल’ अभियानका अभियन्ता घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।





Write your Comment