

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन् ।
मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने निर्णय पहिलो कामको रूपमा लिएका छन् ।
साथै उनले पदभार ग्रहण समारोहमा खादा, माला र अबिर नलिने घोषणा गर्दै सादगीपूर्ण कार्यशैलीमा जोड दिने संकेत गरेका छन् ।





Write your Comment