

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार तथा आसपासका क्षेत्रमा सरकारी निकायका सवारी साधनमा ठूलो क्षति पुगेको छ ।
आन्दोलनकै क्रममा सिंहदरबार क्षेत्रमा मात्रै ४४१ वटा साना गाडी तथा बसमा पूर्ण क्षति पुगेको छ भने ६०१ वटा मोटरसाइकल र स्कुटर जलेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ४७ वटा गाडी र ७४ मोटरसाइकल–स्कुटर जलेका छन् । अर्थ मन्त्रालयमा ३६ वटा गाडी र ५३ वटा मोटरसाइकलमा क्षति पुगेको छ ।
सर्वोच्च अदालतमा ५१ गाडी जलेका छन् भने मोटरसाइकलको संख्या गन्नै नसकिने अवस्थामा पुगेको छ । सहरी विकास तथा भवन निर्माण विभागमा ५० वटा गाडी र करिब २०० मोटरसाइकल जलेका छन् ।
सडक विभागमा मात्र ६५ वटा बस जलेका छन् भने मोटरसाइकलको क्षति गन्नै नसकिने अवस्था छ ।अधिकारि अनुसार, कतिपय निकायमा क्षतिको यथार्थ अनुमान लगाउनै नसकिने अवस्था छ ।





Write your Comment