उपमेयर डंगोलको भनाइ : “अबको राजनीति जबाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्छ”

रातोघर

 २०८२ आश्विन २, बिहिबार  मा प्रकाशित
१६६ पाठक संख्या


काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले अबको राजनीति ढाकछोप र बहानाभन्दा टाढा रहँदै जबाफदेही र पारदर्शितामा आधारित हुनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

जेनजी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरुद्धको आन्दोलन आक्रोश मात्र नभई सुशासन र समृद्धिको माग भएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत डंगोलले आन्दोलनमा ज्यान गुमाउने परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

उनले भनेकी छन्, “राष्ट्र शोकमा डुबेको छ। असंख्य परिवारले आफ्ना सन्तान गुमाइसकेका छन्। ती पीडा र थोपाथोपा आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भए पनि कानूनी कारबाहीको दायरामा आउनुपर्छ।”आन्दोलनका क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निष्पक्ष छानबिन आवश्यक रहेको पनि डंगोलले उल्लेख गरिन् ।

उनका अनुसार, “सहिदको रगतले लेखिएको इतिहासलाई हामीले बिर्सन सक्दैनौँ। बलिदान खेर नजाओस्। बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने हाम्रो जिम्मेवारी हो। दलहरूले पनि विगतका कमजोरी सच्याउँदै अघि बढ्नुको अर्को विकल्प छैन ।”

यस्तै उनले सहिदहरूको बलिदानलाई न्याय दिन पुनर्निर्माणमा जुट्न सबैलाई एकजुट हुन आह्वानसमेत गरेकी छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban