

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको गलत फाइदा उठाउँदै केही अवाञ्छित समूहहरूले पार्टीलाई बदनाम गर्ने गतिविधि गरेको आरोप लगाएको छ ।
रास्वपाका अनुसार पार्टीसँग सम्बद्ध व्यक्तिहरूको नाम प्रयोग गरी निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई डर, त्रास र धम्कीपूर्ण टेलिफोन सन्देश पठाइएको जानकारी आएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले मंगलबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि अत्यन्त गम्भीर भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै, संलग्न जो कोहीमाथि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ।”





Write your Comment