वरिष्ठ उपाध्यक्षसहित ६ नेता सामूहिक राजीनामा, जनमत पार्टी संकटमा

रातोघर

 २०८२ आश्विन २, बिहिबार  मा प्रकाशित
२६३ पाठक संख्या


काठमाडौं । जनमत पार्टी आन्तरिक विवादमा फस्दै गएको छ । पार्टीका वरिष्ठ उपाध्यक्षसहित ६ जना शीर्ष नेता सामूहिक राजीनामा दिएका छन् । उनीहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व परिवर्तनका लागि दिएको २४ घण्टे अल्टिमेटम कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

अध्यक्षसमक्ष लिखित राजीनामा बुझाउने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमत निकट युवा सङ्घका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बम रहेका छन् ।

राजीनामा दिने नेताहरूले जनभावना विपरीत अहंकारपूर्ण व्यवहार गरेको भन्दै राउतमाथि आरोप लगाएका छन् । उनीहरूले भनेका छन्, “जनभावना अनुरूप आत्मआलोचना गरी नेतृत्व परिवर्तनको अल्टिमेटमसहित माग प्रस्तुत गर्दा त्यसलाई बेवास्ता गर्नु जेनजी पुस्ताले बगाएको रगतको अपमान हो।”

उनीहरूले साधारण सदस्यसमेत नरहने गरी जनमत पार्टी पूर्ण रूपमा छाडेको घोषणा गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban