

काठमाडौं । नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ ।
वार्ताक्रममा प्रधानमन्त्री मोदीले हालै नेपालमा भएका दुखद घटनामा ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् ।
उनले नेपालमा शान्ति र स्थायित्व पुनःस्थापना गर्ने प्रयासमा भारतको दृढ समर्थन रहने स्पष्ट पारेका छन् । फोनवार्तापछि मोदीले सामाजिक सञ्जाल एक्समार्फत पनि नेपालप्रति समर्थन दोहोर्याउँदै लेखेका छन्, “नेपालमा शान्ति तथा स्थायित्व पुनःस्थापना गर्ने प्रयासमा भारत सधैं साथमा छ।”
यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले भोली मनाइने नेपालको संविधान दिवसका अवसरमा प्रधानमन्त्री कार्की र सम्पूर्ण नेपाली जनतालाई शुभकामना पनि दिएका छन् ।





Write your Comment