

काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न सक्ने व्यवस्था मिलाउने तयारी गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा कम्तीमा पनि समानुपातिकतर्फ विदेशस्थित नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने बाध्यता रहेको बताए ।
उनका अनुसार निर्वाचन आयोगले यससम्बन्धी प्रावधानको गाँठो फुकाउनुपर्ने छ भने सरकारले आवश्यक भए अध्यादेशमार्फत कानुनी व्यवस्था मिलाउने तयारी गरेको छ । सर्वोच्च अदालतको आदेशअनुसार सकेसम्म सबै देशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
गृहमन्त्री अर्यालले सम्भव नभए पनि केही देश र शहरहरूमा मतदानको व्यवस्था मिलाउने उल्लेख गर्दै, सम्बन्धित देशका दूतावासमार्फत प्रक्रिया अघि बढाइने जानकारी दिए । साथै, उनले आगामी निर्वाचनमा नो भोट (मत नदिने विकल्प) को व्यवस्था समेत मिलाइने बताएका छन् ।





Write your Comment