जेनजी आन्दोलनमा घाइते कांग्रेस सभापति देउवाको गर्धनमा १२ टाँका, छाउनी अस्पतालमै उपचाररत

रातोघर

 २०८२ आश्विन ३, शुक्रबार  मा प्रकाशित
२७८ पाठक संख्या


काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गर्धनमा गम्भीर चोट लागी १२ टाँका लगाइएको छ ।

शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको स्वास्थ्य अवस्थाबारे नेताहरुलाई जानकारी गराएका थिए । प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार खड्काले देउवाको घाउ गम्भीर रहेकाले हाल सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा विश्वकर्माले भने, “डाक्टरले केही दिन अझै अस्पतालमै राख्ने परामर्श दिनुभएको छ । उहाँको स्वास्थ्य अवस्था भने सामान्य छ ।”

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा देउवा निवास बुढानीलकण्ठमा आन्दोलनकारीले हमला गर्दा देउवा दम्पत्ती घर बाहिर निकालिएका थिए । त्यस क्रममा भएको कुटपिटबाट देउवा घाइते भएका थिए भने उनको घर समेत आगजनी गरिएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban