

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकलाई आज राष्ट्रपति पौडेलले अनुमोदन गरेको शीतल निवासले जनाएको छ ।
यससँगै लामो समयदेखि विवादमा परेको नागरिकता संशोधन प्रक्रिया औपचारिकरूपमा लागू भएको छ ।





Write your Comment