

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीले खण्डहर बनेको घर अवलोकन गर्न पुगेकी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गहिरो दुःख प्रकट गरेकी छन् ।
आगोले क्षतविक्षत बनेको घरको भग्नावशेषमा उभिँदै उनले भनिन्, “यो त केवल घर जलाइएको मात्र होइन, इतिहासको धरोहर नै नष्ट गरिएको हो । हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो ?”
राधिकाका अनुसार सो घर केवल निजी निवास मात्र नभई राजनीतिक यात्राको साक्षी बनेको ऐतिहासिक स्थल पनि थियो । उनले घरमाथिको आक्रमणलाई व्यक्तिगत क्षतिभन्दा पनि राष्ट्रकै साझा सम्पत्तिमाथिको प्रहारको रूपमा लिएको बताइन् ।
उनले राष्ट्रका धरोहर र ऐतिहासिक स्मारकजस्ता सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको भन्दै यस्ता विनाशकारी गतिविधिबाट कसैलाई लाभ नहुने टिप्पणी गरिन् ।





Write your Comment