प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी, राष्ट्रपति पक्षबाट ‘होल्ड’

रातोघर

 २०८२ आश्विन ६, सोमबार  मा प्रकाशित
१६८ पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन् । उनले हिजै पाँच जनाको नाम मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेकी थिइन् ।

राष्ट्रपतिले नियुक्तिको तयारी गरे पनि पठाइएका नामहरूलाई तत्काल ‘होल्ड’ गर्न भनिएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले जानकारी दिए । यद्यपि, शपथ ग्रहणका लागि शीतल निवासले प्रधानमन्त्रीको सचिवालयलाई दिउँसो २ बजेको समय तोकेको छ ।

प्रधानमन्त्रीले सिफारिस गरेका नामहरूमा स्वास्थ्य मन्त्रालयकी सचिव संगीता मिश्र, आविष्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र पूर्व राज्य पुनःसंरचना समितिका संयोजक मदन परियार रहेका छन् ।

तर सिंहदरबार स्रोतका अनुसार यी नामहरू अन्तिम नहुन सक्ने भएकाले राष्ट्रपतिको पक्षबाट ‘होल्ड’ गर्न सन्देश पठाइएको हो ।

यसबीच, प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनकारीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दबाब बढिरहेको छ । तर कसलाई आधिकारिक प्रतिनिधि मान्ने भन्ने विषयमा स्पष्टता नआएकाले सिंहदरबारभित्र अन्यौल र बबाल सिर्जना भएको बताइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban