काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा घाइते भएर अस्पतालमा उपचाररत रहँदा नेताहरूबीच पार्टीभित्र विशेष महाधिवेशनको मागबारे बहस चर्किंदै गएको छ । यसबीच, देउवाकी पत्नी एवम् नेतृ आरजु राणाले अस्पतालबाटै पार्टी नेताहरूलाई फोन गर्दै संयमित रहन अपिल गरेकी छन् ।
राणाले पार्टी नेताहरूसँग कुरा गर्दै अहिलेको संवेदनशील अवस्थामा विशेष महाधिवेशनको विषय उठाएर “घाउमा नुन छर्ने काम नगर्न” आग्रह गरेकी हुन् । उनका अनुसार पार्टीलाई थप विवादमा नलैजाने जिम्मेवारी शीर्ष नेताहरूले लिनुपर्ने अवस्था आएको छ ।
फोनमा उनले भनिन्, “आज पार्टीमा सभापतिजीको उत्तराधिकारी त तपाईंहरूनै हुनुहुन्छ । त्यसैले अहिले विभाजनकारी एजेन्डा अघि सार्ने बेला होइन, बरु एकताबद्ध भएर घाइते सभापतिजीलाई साथ दिनुपर्छ ।”
राणाको यस्तो आग्रहलाई कांग्रेसभित्र पछिल्लो तनावलाई शान्त पार्ने प्रयासका रूपमा हेरिएको छ । तर विशेष महाधिवेशनको माग गर्ने नेताहरू र वर्तमान नेतृत्वबीचको दूरी भने अझै घट्न सकेको छैन ।








Write your Comment