झूठा विवरणमा नागरिकता सिफारिस गरेको आरोपमा सर्लाहीका वडाध्यक्ष पक्राउ

रातोघर

 २०८२ आश्विन ६, सोमबार  मा प्रकाशित
१८४ पाठक संख्या


सर्लाही । पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुबोध राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनले झूठा विवरण पेश गरी चार जनालाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार वडाध्यक्ष यादवविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा उनले प्रस्तुत गरेको सिफारिसपत्रमा तथ्यगत त्रुटि र असंगत विवरण फेला परेको बताइएको छ ।

नागरिकता जस्तो संवेदनशील विषयमा सार्वजनिक पदमा रहेकाले गैरकानुनी सिफारिस गर्नु गम्भीर अपराध मानिने प्रहरीको भनाइ छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban