जेनजी आन्दोलनमा गोली आदेशको आरोप खेपिरहेका काठमाडौं सीडीओ अझै कार्यस्थल फिर्ता भएनन्

रातोघर

 २०८२ आश्विन ७, मंगलबार  मा प्रकाशित
१७२ पाठक संख्या


काठमाडौं । जेनजी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको आरोप खेपिरहेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल अहिलेसम्म कार्यालय फिर्ता भएका छैनन् । भदौ २३ र २४ गते भएको आन्दोलनका बेला सुरक्षाकर्मीलाई प्रभावकारी ढंगले परिचालन गर्न नसकेको र नागरिकलाई पर्याप्त सुरक्षा दिन असफल भएको आरोप उनीमाथि लागेको छ ।

आन्दोलनपछि उनीबारे चर्को आलोचना भएको थियो । सो घटनामा परी कैयौँ प्रदर्शनकारी घाइते भएका थिए । त्यसपछि रिजाल नियमित रूपमा कार्यालय आउन छाडेका हुन् ।

यसबेला उनको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा नाम मात्र राखिएको छ भने तस्बिर भने हटाइएको छ । यसलाई केहीले उनीमाथिको विवाद चर्किँदै गएको संकेतका रूपमा पनि लिएका छन् ।

अहिलेसम्म उनी कार्यालयमा औपचारिक रूपमा फर्कने वा सरकारले उनीबारे निर्णय गर्नेबारे कुनै जानकारी सार्वजनिक भएको छैन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban