दक्षिण कोरियामा विवादास्पद यूनिफिकेशन चर्चकी प्रमुख हान अक-ज पक्राउ

रातोघर

 २०८२ आश्विन ७, मंगलबार  मा प्रकाशित
२६६ पाठक संख्या


काठमाडौं । नेपालमा ‘होली वाइन काण्ड’को रूपमा चर्चित प्रकरणसँग जोडिएकी क्रिश्चियन धर्मप्रचारक संस्थाकी प्रमुख हान अक-जलाई पक्राउ गरिएको छ। रोयर्टसको रिपोर्टअनुसार, दक्षिण कोरियामा राजनीतिक तथा व्यापारिक फाइदा लिन राष्ट्रपतिकी पत्नीलाई महँगा उपहार र घुस दिएको आरोप उनलाई लागेको छ।

हान हाक-जको नेतृत्वमा रहेको यूनिफिकेशन चर्चमाथि तत्कालीन राष्ट्रपति युन सुक यउलकी पत्नी किम गन हीलाई दुईवटा महँगा शेनल ब्रान्डका ब्याग र एउटा हीराको हार दिएको आरोप लागेको थियो। ती सामानको मूल्य करिब ८ करोड वोन अर्थात् नेपाली ८२ लाख रुपैयाँ पर्छ।

युनिफिकेशन चर्चका संस्थापक सन म्यङ मूनकी पत्नी हानले बारम्बार घुस दिएको आरोप खण्डन गर्दै त्यसलाई झूटो बताउँदै आएका छन्। चर्चले अदालतको आदेशको पालना भइरहेको जनाएको छ।

नेपालमा चर्चसँग जोडिएका कार्यक्रमसमेत विवादमा रहँदै आएका छन्। एकनाथ ढकालको अगुवाइमा आयोजना भएका ती कार्यक्रममा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, केपी शर्मा ओलीजस्ता नेताहरू प्रधानमन्त्री हुँदा सहभागी भएका थिए। पछिल्लो विवाद, प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सोल्टी होटलमा भएको कार्यक्रममा ‘होली वाइन’ खुवाइएको विषयसँग सम्बन्धित रहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban