देउवा दम्पति अस्पतालबाट डिस्चार्ज, अस्थायी बसोबास ललितपुरमा

रातोघर

 २०८२ आश्विन ८, बुधबार  मा प्रकाशित
२२१ पाठक संख्या


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् । जेनजी आन्दोलनका क्रममा घाइते भएका उनीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र चिकित्सकको अनुमति अनुसार घर फर्किन लागेका हुन् ।

देउवाका स्वकीय सचिवका अनुसार डिस्चार्जपछि देउवा दम्पति केही समयका लागि ललितपुरमा बसोबास गर्ने भएका छन् । सानेपा वा जावलाखेल क्षेत्रमध्ये कुन स्थान रोज्ने भन्नेबारे अन्तिम टुंगो लाग्ने तयारी भइरहेको उनले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उनीहरू राजधानीस्थित अस्पतालमा उपचाररत रहेका थिए । चिकित्सकहरूले निरन्तरको उपचार र आरामपछि स्वास्थ्यमा सुधार देखिएको भन्दै उनीहरूलाई अस्पतालबाहिर आराम गर्ने सल्लाह दिएका हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban