राष्ट्रपतिबाट मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

रातोघर

 २०८२ आश्विन ८, बुधबार  मा प्रकाशित
२७१ पाठक संख्या


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ बमोजिम मतदाता नामावली ऐन, २०७३ संशोधन गर्ने अध्यादेश जारी गरेका छन् । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यादेश जारी गरिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार, सरकारले निर्वाचन प्रक्रियालाई सहज बनाउन र मतदाता नामावलीसम्बन्धी कानूनी प्रावधान स्पष्ट गर्न अध्यादेश ल्याउने प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले सो अध्यादेश अनुमोदन गरेका हुन् ।

अध्यादेश जारीसँगै निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आवश्यक तयारीलाई थप गति दिने बताइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban