काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री कार्यालयमार्फत सम्बोधनको तयारी भइरहेको जनाइएको छ ।
यसअघि आजै दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी छन् । सो बैठकपछि सरकारका तर्फबाट आवश्यक निर्णय गर्दै उनले राष्ट्रलाई सम्बोधन गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको सम्बोधनमा पछिल्लो राजनीतिक अवस्था, सरकारका आगामी योजना र कार्यदिशाबारे स्पष्ट हुने अपेक्षा गरिएको छ ।








Write your Comment