प्रधानमन्त्रीलाई भेटेर मेयर बालेनको आग्रह : जेनजी आन्दो’लनमा गो’ली चलाउने दो’षीलाई कारबाही होस्

रातोघर

 २०८२ आश्विन ९, बिहिबार  मा प्रकाशित
२३४ पाठक संख्या


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गोली चलाउने दोषीलाई छानबिन गरी तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा मेयर शाहले आन्दोलनका मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । उनले घटनामा भएको ढिलाइ र छानबिन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनको भनाइमा, जनताका आन्दोलनलाई बेवास्ता गर्नु वा ढिलो गरिँदा समस्या झन् गम्भीर बन्ने भएकाले सरकार संवेदनशील बन्न जरुरी छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban