ओली, लेखक र गुरुङको राजनीतिक अधिकार रोक्न रास्वपाको माग

रातोघर

 २०८२ आश्विन ९, बिहिबार  मा प्रकाशित
१६७ पाठक संख्या


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीति गर्ने अधिकार नै रोक लगाउन माग गरेको छ ।

पार्टीले जारी गरेको वक्तव्यमा जेनजी आन्दोलनमा जनतामाथि भएको दमन र संविधानविपरीतका गतिविधिका जिम्मेवार व्यक्तिहरूमाथि कडा कारबाही हुनुपर्ने उल्लेख गरिएको छ । रास्वपाले उनीहरूलाई राजनीतिक क्रियाकलाप गर्न नदिई सार्वजनिक पदसमेत पाउन नहुने माग राखेको छ ।

पार्टीका अनुसार, जनतामाथि दमन गर्ने संस्कृति तोड्न कठोर कदम चाल्नु अहिलेको आवश्यकता हो र यसले मात्र लोकतन्त्रलाई मजबुत बनाउन सक्नेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban