अध्यक्ष पद छाडे पनि राजनीतिबाट अलग नभएको डा. भट्टराईको भनाइ

रातोघर

 २०८२ आश्विन ९, बिहिबार  मा प्रकाशित
२४७ पाठक संख्या


 काठमाडौं । नयाँ शक्ति नेपाल (नेसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताएका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले मात्र अध्यक्ष पदबाट अलग भएको बताए । “म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु,” उनले भने ।

डा. भट्टराईले जेनजी युवा आन्दोलनलाई जायज बताउँदै चुनाव अघि भ्रष्टाचारीहरूमाथि कारबाही गर्नुपर्नेमा जोड दिए । अन्यथा भ्रष्ट नेताहरू नै पुनः निर्वाचित हुने उनको भनाइ छ ।

उनले पुरानो सरकार ढले पनि सत्ता भने अझै नढलेको उल्लेख गर्दै शासकीय प्रणालीमा सुधार आवश्यक भएको धारणा राखे । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा स्थिरता नआउने उनको तर्क छ । अन्यथा जेनजी युवाको बलिदान खेर जाने चेतावनी पनि उनले दिएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban