“मैले भ्रष्टाचार नगर्नु नै अपराध भयो” : ओली

रातोघर

 २०८२ आश्विन १०, शुक्रबार  मा प्रकाशित
२६४ पाठक संख्या


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेकै कारण अहिले अपराधीझैँ व्यवहार गरिएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले भने, “मैले भ्रष्टाचार नगर्नु नै अपराध भएको छ । भ्रष्टाचार गरेर रमाउनेहरूलाई केही हुँदैन, तर सिधा बाटो हिँड्नेहरूलाई अपराधी ठहरिन्छन् ।”

उनले सुशासन र पारदर्शिताप्रति आफ्नो प्रतिवद्धता दोहोर्याउँदै मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन सबैलाई सशक्त भूमिका खेल्न आह्वान गरे । ओलीले हालको राजनीतिक वातावरणमा सत्य बोल्ने र गलत काम नगर्ने व्यक्तिहरू नै आलोचित बन्नुपरेको गुनासो समेत गरेका छन् ।

उनका अनुसार नेपाली जनताको मुख्य माग भ्रष्टाचारविरुद्धको लडाइँ हो र त्यसलाई पूरा गर्ने जिम्मेवारी सबै दल र नेताको काँधमा छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban